सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ मंसिर । रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।
युद्धमा मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन्। उनीहरुको नोभेम्बर १५ (कात्तिक २९) मृत्यु भएको पनि दूताबासले जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा