सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, २६ कार्तिक । यमपञ्चको दोस्रो दिन अर्थात कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी उपरीक्षक केदार खनाल र उक्त शाखाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक बिक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो ।
कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०८ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा