सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २२ कार्तिक । आईसीसी एक दिवसीय विश्वकपको बुधवारको खेलमा साबिक विजेता इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्गल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३९ रन बनाएको हो ।
पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको उक्त खेलमा इङ्गल्यान्डका लागि अनुभवी खेलाडी बेन स्टोक्सले सतकीय योगदान गरे । उनले टोलीका लागि अविजित एक सय आठ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका स्टोक्सले केवल ८४ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए ।
त्यसअघि ओपनर ब्याट्सम्यान डेविड मलानले पनि टोलीका लागि ८७ रनको योगदान गरेका थिए । उनले केवल ७४ बलमा दुई छक्का र १० चौका प्रहार गरेका थिए । इङ्गल्यान्डले ४८ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो ।
नेदरल्यान्ड्सका बलर बास डी लिडले तीन विकेट लिए । उनले १० ओभरमा ७४ रन खर्चिएका थिए । आर्यन दत्त र लोगन भान बिकले पनि दुई—दुई विकेट हात पारे । पल भान मिकेरनले पनि एक विकेट लिएका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा