सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर, १० कार्तिक। कोशी प्रदेश प्रहरीले २ जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरिएको हो ।
अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुबै जना प्रहरी कर्मचारीलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।
कार्कीले जिल्ला प्रहरी उदयपुरमा कार्यरत रही कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरुलाई सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएको र ओझाले सुनसरी जिल्लाका बिभिन्न स्थानबाट नक्कली नोटको कारोवार गर्ने तथा जुवाजन्य खेल खेल्ने मानिसहरु पक्राउ गर्न सफल भएको र फरार प्रतिवादी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा