सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, ५ कार्तिक । दशैंको मुखैमा पनि टीकापुरमा नागरिकहरुको चहलपहल खासै नभएपछि व्यापारीहरु चिन्तित बनेका छन् । वर्षका अन्य समयभन्दा बजार बढी तात्तिने समयमा सुनसान प्रायः भएपछी व्यापारी चिन्तित भएका हुन् ।
अन्य वर्षहरुको तुलनामा उपभोक्ताहरु कम आउने गरेपछि दशैंमा व्यापार हुन्छ कि भन्ने आश पनि निराशामा बदलिएको एक फेन्सी व्यापारीले बताए । उनले वर्षभरी खासै व्यापार नभएपनि दशैंमा व्यापार हुने आशामा रहेकोमा अहिले उपभोक्ताको उपस्थिति देख्दा चिन्तित हुनु परेको बताए । उपभोक्ता नजिकै रहेको खुला सिमाका कारण भारतका बजारमा जाने भएकाले यता व्यापार नहुने गरेको तर यसमा सम्बन्धित निकायले खासै ध्यान नदिएको बताए ।
यस्तै बजारमै नास्ता पसल सञ्चालन गरिरहेका तुलसीराम चौधरीले दशैंमा अरु समयको जत्ति पनि व्यापार नभएको बताए । उनले ७/८ वर्ष अगाडी दशैं तिहारजस्ता मुख्य चाडपर्वमा बजारमा भिँडभाड हुने गरेकोमा अहिले त्यो रौनक, भिँडभाड नदेखिएकोमा दु:खसमेत व्यक्त गरे । सबैभन्दा अगाडी सिमानाकामा अलि कडाइ गर्नुपर्ने उनको धारणा छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा