सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३ कार्तिक । आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।
जारी विश्वकपमा अस्ट्रेलिया र पाकिस्तानले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको तीनमध्ये दुई खेलमा पाकिस्तान विजयी भएको छ । एक खेलमा भने पाकिस्तान पराजित भएको छ । निराशाजनक प्रदर्शन गरेको अस्ट्रेलियाले भने दुई खेलमा हार भागेको छ । एक खेलमा अस्ट्रेलिया विजयी भएको छ ।
अङ्क तालिकामा चार अङ्कसहित पाकिस्तान चौथो र दुई अङ्कसहित अस्ट्रेलिया छैटौँ स्थानमा आसिन छ । अस्ट्रेलियालाई आयोजक भारत र दक्षिण अफ्रिकाले हराएका थिए । अस्ट्रेलियाले भने श्रीलङ्कालाई पाँच विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलङ्कालाई हराएको थियो भने चिर प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भएको थियो । अस्ट्रेलिया र पाकिस्तान दुवै विश्वकपमा पूर्वविजेता हुन् । अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो भने पाकिस्तानले एक पटक उपाधि जितेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा