सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २ कार्तिक । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलबार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो ।
अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीको चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लिएका थिए । उहाँले त्यो गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष मोक्तान सकुशल हुनुहुन्छ ।
अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो । गाडी ठोकिँदा अगाडिको भागमा क्षति पुगेको छ । अहिले त्यो गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष मोक्तान अर्कै गाडी लिएर काठमाडौं आएको गाउँपालिकाका एक कर्मचारीले बताए ।
गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र बिना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको र त्यो गाडी मर्मतको खर्च पालिकाले बेहोर्छ कि अध्यक्ष मोक्तानले बेहोर्छन् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न सोधेका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा