सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २९ असोज । कोशी प्रदेश सभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बुधबारका निम्ति बोलाइएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।
बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।
उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा