सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २९ असोज । काठमाडौं उपत्यकामा मंगलबार (भोलि) देखि सरकारले सहुलियतमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण गर्ने भएको छ । बडा दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका, च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।
कम्पनी लिमिटेड सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले आज (सोमबार) खसी, बोका र च्याङ्ग्रा आइरहेकाले भोलि बिहानदेखि बिक्री वितरण गरिने सेतो खबरलाई जानकारी दिइन । उनले आज बिहानसम्म मात्र तीन सय खसीबोका पुर्याइएको जानकारी दिदै दिउँसो तीन सय ७० च्याङ्ग्रा आइपुग्ने बताइन् ।
सुचना अधिकारी सुवेदीले हेटौंडा, तुलसीपुरबाट खसी, बोका र रसुवाबाट च्याङ्ग्रा ल्याइरहेको र कतिपय सहकारीबाट पनि ल्याइरहेको बताइन् । उनले यो वर्ष दुई हजार खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने लक्ष्य भएकोमा लक्ष्यअनुसार नै आउने भन्ने नरहेको बताउदै तलमाथि हुनसक्ने जानकारी दिइन् ।
उनका अनुसार खसी, बोका र च्याङ्ग्रा खरिदका लागि सरकारले ८ करोड ३६ लाख बजेट छुट्याएको छ । सुवेदीले अहिलेसम्म मूल्य निर्धारण भइनसकेको जानकारी दिदै सबै खसी, बोका, च्याङ्ग्राहरु ल्याइसकेपछी मात्र बैठक बसेर मूल्य निर्धारण गरिने जानकारी दिइन् ।
उनले गत वर्ष खाद्य व्यवस्थाले एक हजार ६ सय १५ वटा खसीबोका बिक्री वितरण गरेको जानकारी दिदै खाद्य व्यवस्थाले सहुलियतमा बिक्री वितरण गर्ने भएकाले खासै नाफाको आशा नहुने बताउदै गत वर्ष ५ लाख ९१ हजार नाफा भएको बताइन् ।
उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा