सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २५ असोज । नेकपा (एमाले)को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।
कृष्णप्रसाद जैसी प्रदेश अध्यक्ष बनेका छन् । अध्यक्षका आकांक्षी भरत साउद, कमल तिमिल्सिना, बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
तिमिल्सिना र सिंहले बुधबार नै उमेदवारी फिर्ता लिएका थिए । नेता भीम रावलपक्षीय साउदले उमेदवारी फिर्ता लिन मानेका थिएनन् । रावलनिकटलाई उपसचिव बनाउने सहमतिपछि उनी पछि हटेका हुन् ।
पाँचै पदाधिकारी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कालीबहादुर शाही चुनिएका छन् ।
सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागीरथी विष्ट र नरबहादुर विक चयन भएका पालले जानकारी दिए । सदस्यहरू पनि केही मात्र चुनिन बाँकी रहेको उनले बताए ।
यही असोज २१ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम अधिवेशन उद्घाटन गरेका थिए । सहमति जुटाउने नाममा अधिवेशनको अवधि लम्ब्याइएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा