सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २२ असोज । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा विद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई राहत दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।
शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका १० जना विद्यार्थीको मृत्यु भएको थियो । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत उनीहरु गत भाद्र २८ गते इजरायल गएका थिए ।
मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन र सम्पर्कबिहीन रहेका र घाइते नेपालीको उद्धार गर्न प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायलस्थित नेपाली दूतावासलाई अनुरोध पनि गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा