सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ ,२० असोज। बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन ।
लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो । उद्योगी व्यवसायीले भने अझै धागो निर्यात गर्न सकेका छैनन् । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । नाका खुला भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि धागो निर्यात हुनु सकेको छैन ।
नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले प्रक्रियागत झन्झटका कारण धागो निर्यात गर्न नसकिएको जानकारी दिए । निर्यातका लागि बङ्गलादेशका व्यापारीसँग छलफल भइरहेको जानकारी उनले दिए । व्यापार विज्ञ रवि सैँजूले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि व्यवसायीले अझै निर्यात गर्न नसकेको जानकारी दिए । “तत्काल पाँच अर्ब रुपैयाँको निर्यात गर्न सकिन्छ । बजार मिलाउन सके वार्षिक १५ अर्ब रुपियाँ बराबरको निर्यात गर्न सकिन्छ,” उनले भने । धागो निर्यात गर्न गुणस्तर कायम र भुुक्तानी प्रणालीमा समस्या रहेको उनको भनाइ छ । सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुन्छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी सबै निर्यात हुने गर्छ । गोरखापत्र दैनिक
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा