सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १६ असोज । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।
भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।
बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युट र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।
त्यसपश्चात ४.१ म्याग्निच्युटका दुई भूकम्प गएको र ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा