सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १६ असोज । मंगलबार दिउँसो पश्चिम नेपालका जिल्लाहरुमा शक्तिशाली भुकम्पका झट्का महसुस गरिएपछि स्थानीयहरुमा त्रास उत्पन्न भएको छ ।
दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्निच्युटको भुकम्पपछि ३ बजेर ६ मिनेटमा शक्तिशाली ६.३ म्याग्निच्युट, त्यसपछी आधा आधा घण्टाको फरकमा गएका ४.१ म्याग्निच्युटका दुईवटा भुकम्प जाँदा सुदूरपश्चिमका पहाडी जिल्लामा यसको असरबारे चिन्तासमेत बढ्न थालेको छ ।
भुकम्पको केन्द्रबिन्दु रहेको बझाङ जिल्लामा मानवीय क्षती भएको जानकारी अहिलेसम्म प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले नारायण पाण्डेयले बताएका छन् । उनले क्षतिको विवरणका लागि लागिरहेको बताउदै उद्धारका लागिसमेत सबै सुरक्षा निकायलाई सतर्क बनाएको जानकारी दिए ।
भुकम्पले केही घरहरु चर्किएको र जयपृथ्वी लोकमार्गमा धुले पहिरो जादा सडक अवरुद्ध बनाएको सीडीओ पाण्डेयले बताए । उनले अहिले पनि ससाना भुकम्पका झट्का महसुस भइरहेकाले स्ट्याण्ड बाइको अवस्थामा रहेको र कतै उद्धारका लागि जानुपर्ने भए त्यसका लागि भए तयारी अवस्थामा रहेको जानकारी दिए ।
भुकम्पले अछाम जिल्लाका पुराना घरहरु पनि चर्किएको त्यहाँका सीडीओ शरद कुमार पोखरेलले जानकारी दिए । उनले अहिलेसम्म त्यस्तो ठूलो क्षती वा मानवीय क्षतिको कुनै जानकारी आइनसकेको बताउदै क्षतीको विवरणका लागि प्रहरी परिचालन गरिएको बताए ।
त्यस्तै बाजुरा जिल्लामा पनि अहिलेसम्म मानवीय क्षतिको जानकारी प्राप्त नभएको त्यहाँका सीडीओ भिमकान्त पौडेलले जानकारी दिए । केही पुराना घर, पर्खाल चर्किएको जानकारी मिलेको भन्दै अरु क्षतिको विवरण आइनसकेको उनले बताए । क्षतिको विवरण पठाउन स्थानीय तहलाई भनिसकेको र प्रहरीलाई समेत परिचालन गरिसकेको उनले जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा