सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ असोज । भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा ।
‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएकाको दुःख पीडा र वेदना दर्शाउँछ, जुन दुःख पीडा आमनेपालीको नियतिजस्तै बनेको छ ।
झापा गौरादह सीतापुरी निवासी डिल्ली उप्रेतीले पनि यहाँ अनेकौं पीडा भोग्नुप¥यो । उनी विदेशमा धन कमाइ परिवारलाई सुखी राखूँला भन्ने सपना बोकेर करिब ६ वर्षअघि कतार आएका थिए । रोजगारीका सिलसिलामा सन् २०१८ मा कतार आएका उप्रेती काम गर्ने सिलसिलामा सन् २०२० मा ठूलो दुर्घटनामा परे । दुर्घटनाका क्रममा प्यारालाइज भएकाले उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेको थियो । उपचारपछि पनि काम गर्नसक्ने अवस्था भएन ।
सुरुमा कम्पनीले खानेबस्ने व्यवस्थासँगै तलब पनि दिँदैआएको थियो । तर, पछिल्लो समय कम्पनी बन्द भएपछि विगत ६ महिनादेखि उनी तलबबिना बस्न बाध्य छन् । विगत एक महिनादेखि उनलाई खानाको पनि समस्या भएको जानकारी आएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खानाको व्यवस्था गर्दै आएको थियो ।
एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीका अनुसार झापाली समाज कतारले उनको यात्राका लागि चाहिने सबै डकुमेन्ट टिकट तयार गरी बुधबार बेलुका कतारी समय ५ः३० बजे कतार एयरलाइन्सको उडानबाट नेपाल पठाउन सफल छ । उनी ह्विलचेयरको सहारा लिएर नेपाल फर्किएका हुन् ।
यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीतले भनेजस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेको छ । गत वर्ष पनि एनआरएनए कतारको समन्वयमा सल्यानको कपुरकोट गाउँपालिका घर भएका छबिलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको थियो ।
पछिल्लो समयमा एनआरएनए कतारले समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडाको घाउमा मलम लगाउँदै आइरहेको छ । उता, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई २०६७ सालमा दिने सुविधा अहिले समयानुकूल नभएको भन्दै वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी भइरहेको छ । मृतकका सन्ततिलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ लाख ५ हजार र १६ लाख ५ हजार प्रतिवर्ष बनाउने निर्णय भएको बताइएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा