सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,१० असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा अधिकांश विषय पुरानै दोहोरिएर आएका छन् ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनको संयुक्त वक्तव्यमा नयाँ कुरा समावेश भएको पाइँदैन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरू नयाँ सहमति भएनन् ।
प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई मुलुकबिच रहेका पारम्परिक सीमा व्यापार बिन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ ।
चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन निर्माण गर्न दुई मुलुक सहमत भएका छन् । यसबाट त्रिशूलीमा उत्पादित विद्युत् चीन निर्यात गर्न सहज हुनेछ ।
संयुक्त कार्यान्वयन संयन्त्रले जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा, बायोमास र हाइड्रोजनमा सहकार्य गर्ने बताइएको छ । किमान्थांकाबाट ४ सय केभीको प्रसारणलाइन बनाउने विषयमा चीन सकारात्मक भएन ।
सो विषय दुईपक्षीय भेटवार्तामा पनि प्रधानमन्त्री दाहालले आफ्नो प्रस्ताव पेस गर्न सकेनन् ।
राजधानी दैनिक
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा