सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कार्कीले लिलावल्लव अधिकारीलाई आन्तरिक, मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसअघि कोशी प्रदेशको मन्त्रीमण्डल पाँच सदस्यीय थियो । उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतले बर्खास्त गरेपछि पछिल्लोपटक ठूलो दलको नेताको हैसियतमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा