सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ,८ असोज । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ ।
मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ । मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ । गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ । गोरखापत्र दैनिक
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा