सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।
ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।
आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास लिएको छ ।
यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरिसकेको छ । जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्छन् । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा