सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ४ असोज । शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आन्दोलन राजधानी केन्द्रित भएपछि बुधबारदेखि काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त भएको छ । सरकारले हालै संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा असन्तुष्टि जनाउदै देशभरका शिक्षकहरुले सुरुदेखी काठमाडौंमा आन्दोलन सुरु गरेपछी मुख्य ठाउँ लगायत भित्री गल्ली गल्लीमा समेत सवारी चाप बढेको हो ।
संविधान दिवसको दिन सार्वजनिक विदा हुँदासमेत भरिभराउ सडक आज विदा नभएको दिन दोब्बर जाम लागेको छ । ट्राफिक प्रहरीले पनि व्यवस्थापन गर्न नसकिने गरेर भित्री सडकदेखि नै लामो जाम लागेको छ ।
बागमती नदी, धोबीघाट छेउका सडक पैदलै हिड्न नसकिने गरेर जाम छन् । माइतीघर मण्डला देखि नयाँ बानेश्वर सडक, नयाँ बानेश्वरबाट थापागाउँ, अनामनगर हुँदै पुतलीसडक जाने लगायत सडकमा लामै जाम लागिरहेको छ ।
उक्त विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले हिजोदेखि सबै सामूदायिक विद्यालय बन्द गर्ने घोषणा गरेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गरेका छन् । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा