सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ बिरामी थपिएका छन् । योसँगै यसवर्ष डेंगीका बिरामीको संख्या २७ हजार ९६८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । डेंगीका कारण यो वर्ष १५ जनाको मृत्यु भइसकेको छ ।
उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षण हुन् ।
यसवर्ष कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जनालाई डेंगी भएको छ ।
नेपालमा सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो । सन् २००५ मा एक जनामा पनि डेंगी देखिएन । तर, त्यसपछिका हरेक वर्ष नेपालमा डेंगीका बिरामी भेटिएका छन् ।
महाशाखाको तथ्याङ्कअनुसार सन् २०२२ मा नेपालमा ५४ हजार ७८४ जना डेंगीका बिरामी भेटिएका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा