सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ भाद्र । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् ।
अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन हुन थालेको छ । सरकारको नियमन गर्ने निकायले नियमित अनुगन गर्न नसक्दा व्यवसायीले मनपर्दी मूल्यवृद्धि गर्दै आइरहेका हुन् ।
सरकारी निकायले चाडपर्वमा मात्र बजार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै आएको हो । केही निश्चित व्यापरीको कब्जामा बजार भएको हुनाले मूल्य वृद्धि र कालोबजारीको क्रम बढेको र सरकारी निकाय त्यसलाई रोक्न असफल भएको उपभोक्तावादी संघसस्थाले दाबी गरेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका सहासचिव विष्णुप्रसाद तिमिल्सिनाका अनुसार केही समय अघिसम्म २५ किलोको १७ सय प्रतिबोरामा पाइने चामल अहिले २२ सयभन्दा बढी पुगेको छ । यस्तै रहरको दाल प्रतिकिलो १ सय ६० बाट २ सय २० पुगेको छ । मसुरोको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० पुगेको छ भने चिनी ९० रुपियाँबाट १ सय १५ पुगेको छ ।
सरकारले कुन खाद्य वस्तुको मूल्य कति पर्छ भन्ने कुनै निश्चित मापदण्ड नतोकेको हुनाले पनि व्यापरीलाई मनलाग्दी गरेर बेच्न सजिलो भएको महासचिव तिमिल्सिनाको भनाइ छ ।
यो सामाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा