सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ भाद्र । हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाई एसयूभिलाई आज नाडा अटो शो मा सार्वजनिक गरेको छ ।
हुन्डाइं नेपालले नाडा शोको पहिलो दिन आफ्नो स्टल बि–५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयूभि हुन्डाई एक्शटर रहने भनी सार्वजनिक गरेको छ ।
हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइज मा हुन्डाई एक्शटर प्राप्त गर्न सक्नुहुनेछ ।
नाडा अटो शो मा हुन्डाईको बि–५ स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्व सम्म लागू हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा