सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, २० भाद्र । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरी नहुन पनि सक्ने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानी गोदावरी हुने वा नहुनेबारे छिट्टै टुंग्याउने बताए ।
प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको उनको भनाइ छ ।
‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु । गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो । विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ ।’
उनले गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताए । एक चरणमा संघीय सरकारसँग यहाँको राजधानीका बारेमा सबै कुरा राखेर विकल्पको बारेमा पनि छलफल अगाडि बढाइने भनाइ उनले राखे ।
‘राजधानीको विषय छिटोभन्दा छिटो हामी टुंग्याउने पक्षमा छौँ । एकपटक संघीय सरकारसँग यहाँको सबै यथार्थ परिस्थितिबारे जानकारी गराउँछौँ । संघीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ ।’
उनले विकल्पको रूपमा राजधानी राख्ने ठाउँको नाम भने खुलाएनन् ।
तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा