सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १९ भाद्र । कोशी प्रदेश सरकार र मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्च अदालतमा परेको रिट उपर आज पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारबाट सुरु भएको सुनुवाइ हिजो हेर्दाहेर्दैमा सकिएको थियो । सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको हो । आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुनेछ । रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेशसभा सचिवालयसहित विश्वासको मत लिने दिन प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिनालाई विपक्षी बनाइएको छ ।
विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको रहेको जनाइएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा