सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसुची रहेकै दिन उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि राजनीतिक संकट देखिएको छ ।
उपसभामुखले नै सोमबार विश्वासको मतका लागि दिन र समय तोकिदिए पनि उनी आफैले बिहानै प्रदेश सभा सचिवालयमा आफू बिरामी भएकाले उपस्थित हुन नसक्ने चिट्ठी दिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक के हुन्छ भन्ने अन्योल भएको छ ।
प्रदेश सभा सचिवालयला सुचना अधिकारी निरोज ढकालले उपसभामुखले सोमबार बिहानै आफू बिरामी भएकाले बैठक सञ्चालन गर्न उपस्थित हुने नसक्ने चिट्ठी दिएको सेतो खबरलाई जानकारी दिए । चिट्ठीमा अध्यक्षमण्डलका इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न जिम्मेवारी दिदै उपसभामुख बिहान ८ बजे काठमाडौं प्रस्थान भएको जनाइएको छ ।
यो एकाएक विकसित घटनाक्रम नभए पनि उपसभामुख आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप सत्ता पक्षले लगाएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री थापा सबैभन्दा बढी सकसमा परेका छन् । उनलाई पद जोगाउन ४७ प्रदेश सभा सदस्यको समर्थन चाहिनेमा अध्यक्षमण्डलका मन्सुरीलाई अध्यक्षता गराए नपुग्ने देखिएपछी उनी सकसमा परेका हुन् । मन्सरी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन् ।
चार सदस्यीय अध्यक्षमण्डलमा रहेका एमालेका मालती कुमारी लिम्बू, राप्रपाका अम्बर बहादुर बिष्टले आइतबार नै सोमबारको बैठकमा अनुपस्थित हुने सुचना दिएकाले मन्सुरीबाहेक अर्को विकल्प देखिदैन । तथापी १३ गतेसम्म विश्वासको मत लिनुपर्ने भएकाने अझै समय रहेको भन्दै बैठक सार्न सकिने विकल्प रहेको जानकारहरु बताउछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा