सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, १ भाद्र । कर्णाली प्रदेशमा आगामी सोमबार सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ ।
कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।
सोमबार प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ । २०७९ चैत्र २० मा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा