सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३२ साउन । सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारले गएको बैशाख १४ गते राजपत्रमा प्रकाशित गर्दे ओल्के पर्वको अवसरमा सार्वजनिक विदा दिएको थियो ।
प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ।
साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने प्रचलन छ।
ओल्के पर्वमा दिन काँक्रा, भान्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर हर्ष उल्लासका साथ मनाउने गरिन्छ ।
विशेष गरी आफूभन्दा ठुलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठोरमसिनो खानु, हातमा मेहन्दी लगाउनु यस पर्वको मुख्य विशेषता रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा