सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २९ साउन । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले भदौ १ गतेबाट लागू हुनेगरी नागरिकहरुको निःशुल्क भर्ना गर्न प्रदेश सरकार मातहतका १३ अस्पताललाई निर्देशन दिएको छ । अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क हुने भएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शैया नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने बताउनुभयो ।
त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । साथै प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा इकाई स्थापना गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा