सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए ।
मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्याएको क्षतिले थप समस्या बनाएको बताए । उनले बाढीले किसानहरुलाई पुर्याएको क्षतिको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताए ।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताए ।
अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताउदै उनले नेपाल सरकारले खाद्यसंकट आउन नदिनको लागि सरकार सचेत रहेको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा