सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।
जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् । लिम्बूले दिउँसो २:३० बजे प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा