सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ साउन । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सभामुखको हस्ताक्षर गरेर यसअघि सरकार गठन गरेका थापा २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थिए ।
यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।
अब उनले संविधान अनुसार आगामी ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा