सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले दाबी प्रस्तुत गरेका छन्।
सभामुखको राजीनामापछि बहुमत पुर्याएर थापाले सत्ता गठबन्धनका तर्फबाट दाबी पेस गरेका हुन्। उनले बहुमत सांसदको हस्ताक्षरसहित मंगलबार साँझ पौने ५ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सभामुखले राजीनामा दिएसँगै माओवादी केन्द्रका १३, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसदको समर्थन जुटाइएको हो।
यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेका कारण थापा २२ दिनमै सर्वोच्चको आदेशले पदमुक्त भएका थिए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा