सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एकबहादुर क्षत्री । नेपालमा भ्रष्टाचार र अपराध निर्मूल गर्न नोट खारेज नगरे अमेरिकाबाटै भोक हड्ताल गर्ने सामाजिक अभियन्ता एक बहादुर क्षत्रीले चेतावनी दिएका छन । २१ बर्ष अगाडी अमेरिका आएका क्षत्री अमेरिकी सिपीए (प्रमाणित जन लेखापाल ) हुन् भने हाल उनि विस्कनसिन राज्यको म्याडिसन शहरमा बस्दै आएका छन ।
उनले नोट खारेज सम्बन्धि थुप्रै लेखहरु प्रकाशित गरेका छन् । उनले नोटलाई खारेज गरेमा मात्र देश भ्रष्टचारबाट मुक्त हुन् सक्छ र भ्रष्टचारलाई उन्मुलन गर्न . ५०० र रु. १,००० का नोटलाई खारेज गर्नु पर्छ भनि वकालत निरन्तर गर्दै आएका छन् । उनि अमेरिकाबाट नेपाल आउने जाने र यस सम्बन्धि सम्बन्धित थुप्रै सरकारका उच्च व्यक्तित्व तथा निकायमा चक्कर काटी सकेका छन् । तर उनको कुरा कसैले सुने पनि नसुने गरेकोमा उनि दुखि छन । र ,आफ्नो अपराध सुधारको लागी नोट खारेज अभियानलाई अझ सशक्त रुपमा नेपाल सरकारलाई स्पष्ट कुरा राख्न चाहन्छन ।
अमेरिकामा सिपिए पेशामा रहेका उनि अत्यधिक व्यस्त रहेका क्षत्री गत बर्ष थुप्रै समय सम्म नेपाल बसेर पुन कर्म थलो अमेरिका फर्केका हुन् । उनले थुप्रै आश्वासन पाए तर यस बिषयमा गम्भीर भएर कुनै निकाय तथा सम्बन्धित मन्त्रालय या बिभागले कान ठाडो नपारेको कारण उनि अमेरिकामा पुन तातेका छन् ।
अब उनले यस बिषयमा गम्भीर नभए सचेतनाको लागि अमेरिकी माटोमै भोक हड्ताल गर्ने बिज्ञप्तिमा जनाएका छन् ।
भ्रष्टाचार,अपराध र कर अतिक्रमणको उल्लेखनीय उन्मूलन, सुरक्षा र प्रशासनिक खर्चमा कमी ल्याउन र वर्तमान करको दरलाई २० देखि ३० प्रतिशतसम्ममा घटाउनका लागि नोटको चलन हटाउने पर्ने र नोटको चलन हटाउन निकै सजिलो तथा कुनै कष्टदायी समेत नभएको कुरामा आफू वकालत गर्दै आएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
बिगत ६ बर्ष अर्थात् २०७४ साल देखि क्षत्रीले प्रधानमन्त्री, अर्थमन्त्री, भ्रस्ट्राचार निवारण आयोग, निर्वाचन आयोग, संघिय संसद समितिहरु, संघीय मन्त्रालयहरु, प्रदेश सरकार र धेरै स्थानीय सरकारलाई बिधुतिय डाक (इमेल),पत्र,फोन (दूरभाष)र भेटघाट लेख प्रकाशित गरि वकालत गर्दै आएको समेत बिज्ञप्तिमा जनाएका छन ।
उनले बिज्ञप्तिमा तिनै तहका सरकारले कठिनाइ बिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्डबाट खरिद मिल्ने (पिओएस ) जडान गर्न लगाई अर्को २ महिना पछि सहज तरिकाले रु. ५०० र रु. १,००० का नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गरेर सजिलै समस्या समाधान गर्न सकिने परिस्थिति रहेको छ , सो सरकारलाई जानकारी छ भनि किटान गरेका छन् ।
साथै एक महिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्ड बाट खरिद मिल्ने पिओएस (POS )जडान गर्न सबै खुद्रा पसलेहरुलाई लगाउने अर्को २ महिना पछि सहज तरिकाले रु.१०० भन्दा ठूला नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गर्ने निर्णय प्रधानमन्त्री, उधोग बाणिज्य मन्त्री, बागमती प्रदेश मुख्यमन्त्री तथा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख( मेयर)ले गर्नको लागी पुन: निबेदन गर्दछु भनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
अन्त्यमा उनले यधपी सो नगरेमा आफू ६८ बर्ष भएको उमेर खुलाउदै नेपाली नागरिकले देश र समाजको रक्षा, अपराध र भ्रष्टचार हटाउन ,अनि खरब खरब राजस्व बचत गराउन र एक तिहाई कर दर घटाउन बिदेशी मुलक अमेरिकामा भोक हड्ताल शुरु गर्ने सचेत गराउन यो बिधुतिय डाक (इमेल )/पत्र लेखेको जनाएका छन् ।
उनले पत्रको बोधार्थ ,सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’,नेपाल सरकार ,माननीय उधोग बाणिज्य मन्त्री, नेपाल सरकार ,माननीय मुख्यमन्त्री जम्कट्टेल, बागमती प्रदेश सरकार तथा नगर प्रमुख बालेन्द्र शाह, काठमाडौँ महानगरपालिकालाई समेत दिएका छन् । साथै उनले अमेरिकी सरकारलाई पनि पत्राचार गरेका छन् ।
उनले भने जस्तो र उनले अगाडी सारेको योजना र प्रस्ताव वर्तमान परिपेक्षमा कत्तिको सम्भव र व्यावहारिक छ त्यो सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिहरुले यस बिषयमा विचार र यसलाई गम्भीरता पूर्वक लिने छन् भन्ने अपेक्षा गरिएको छ ।
उनले यस बिषयमा देश बिदेशमा बस्ने सबै संचार माध्यम ,नेपाली समुदायको साथ र सहयोग रहने अपेक्षा रहेको जनाएका छन् ।
उनको प्रेस (छापा)विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :
बिषय: भ्रस्ट्राचार र अपराध निर्मूल गर्न नोट खारेजको लागि भोक हड्ताल
भ्रष्टाचार,अपराध र कर अतिक्रमणको उलेख्खनिय उन्मूलन, सुरक्षा र प्रशासनिक खर्चमा कमी ल्याउन र वर्तमान करको दरलाई २० देखि ३० प्रतिशतसम्ममा घटाउनका लागि नोटको चल्न हटाउने पर्ने र नोटको चल्न हटाउन निकै सजिलो तथा कुनै कस्टदायी समेत नभएको कुरामा वकालत गर्दै आएको छु।
सरकारको नेटवर्कमा नपरेको गैरपारदर्शी अपारदर्शी नोट मार्फत लाखौं लाख अपराध भइरहेका छन् र प्रमाण नहुँदा हजारौं सरकारको नेटवर्कमा परेर पनि उन्मुक्ति पाएका छन नोटले अपराधलाई बढावा दिने र साशन प्रणालीलाई कमजोर,खर्चिलो र झान्झीटिलो पारिरखेको छ ।
२०७४ साल देखि मैले प्रधानमन्त्री, अर्थमन्त्री, भ्रस्ट्राचार निवारण आयोग, निर्वाचन आयोग, संघिय संसद समितिहरु, संघीय मन्त्रालयहरु, प्रदेश सरकार र धेरै स्थानीय सरकारलाई इमेल,पत्र,फोन र भेटघाट लेख प्रकाशित गरि वकालत गर्दै आएको छु। यी मध्ये कुनै पनि सरकारले यस्तो सजिलो ठूलो आवाज सुनेनन् र जनताको हितको लागि सजिलो बाटो सोचेनन्। बरु सबै भ्रष्टाचार गर्ने भ्रष्टाचार र अपराध गर्ने बाटो खुला राखनेमा तल्लिन भए र भएका छन् ।
तिनै तहका सरकारले कठिनाइ बिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्डबाट खरिद मिल्ने POS जडान गर्न लगाई अर्को २ महिना पछि सहज तरिकाले रु. ५०० र रु. १,००० का नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गरेर सजिलै समस्या समाधान गर्न सकिने परिस्थिति रहेको छ सो सरकारलाई जानकारी छ।
एक महिना आफ्नो अधिकार क्षेत्रमा सबै खुद्रा पसलमा एक महिना भित्र डेबिट कार्ड बाट खरिद मिल्ने POS जडान गर्न सबै खुद्रा पसलेहरुलाई लगाउने अर्को २ महिना पछि सहज तरिकाले रु.१०० भन्दा ठुला नोट सार्बजनीक कारोबार रोकेर साना दरका नोटहरू सिमित उपयोग गर्ने निर्णय प्रधानमन्त्री, उधोग बाणिज्य मन्त्री, बागमती प्रदेश मुख्यमन्त्री तथा काठमाडौँ महानगरपालिका मेयरले गर्नको लागी पुन: निबेदन गर्दछु र सो नगरेमा एक ६८ बर्षे नेपाली नागरिकले देश र समाजको रक्षा, अपराध र भ्रस्टाचार हटाउन , अनि खरब खरब राजस्व बचत गराउन र एक तिहाई कर दर घटाउन बिदेशी मुलकमा भोक हड्ताल शुरु गर्ने सचेत गराउन यो इमेल /पत्र लेखेको छु।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा