सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिलाई असंवैधानिक ठहर गरेको छ।
बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।
२१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।
सर्वोच्चले कोशीमा सात दिनभित्र बहुमतको सरकार बनाउन प्रदेश प्रमुखको नाममा परमादेश समेत जारी गरेको छ ।
यस्तो छ पुर्णपाठ:
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा