सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, २४ असार । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले तिनै जनालाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।
प्रधानमन्त्रि प्रचण्डका कान्छा ज्वाइँ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । आचार्य हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।
अरु भने विनाविभागीय छन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त गराएका थिए ।
कांग्रेसका प्रदीपकुमार सुनुवार र नेकपा एसका कमलप्रसाद जगेबुले पनि मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । योसँगै कोशी प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा