सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्।
आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एव समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापाले आज शपथ लिएका हुन्।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले कमल जबेगुलाई मन्त्री बनाएको छ। नेपाली काङ्ग्रेसबाट प्रदिप सुनुवार मन्त्री बने। उनीहरुले पनि शपथ लिएका छन्।
गठबन्धनमा रहेको माओवादी केन्द्रबाट भने कोही मन्त्री नियुक्त भएका छैनन् ।
पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा