सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्याइएको हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा