सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ असार । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
उनले कोशी प्रदेशभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुराउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको बताए।
गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।
त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए। बैठकमा बिभिन्न विश्वविद्यालयका पदहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको पाण्डेले बताए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा