सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ असार । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार २०२३ को जुन महिनामा मात्र हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।
बोर्डकाअनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन्।
बोर्डका अनुसार सन् २०२३ को ६ महिना ९जनवरीदेखि जुनसम्म० ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्।
तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मे मा ७२ हजार ७३० जना पर्यटक भित्रिएका हुन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा