सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभा बैठक चलिरहेको छ ।
आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उनले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गरे । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिए ।
आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो भन्दै प्रश्न गरेका मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । साथै प्रदेशको नामांकनको विषयमा भएको विवाद समाधानका लागि छलफल सुरु भएको उनले बताए ।
कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले र राप्रपाका ४६ जना सांसद छन् । एक सिट रहेको जसपालाई फकाउन एमालेले निकै दौडधुप गरिरहेको छ । तर जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ । यस्तै विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४५ सिट रहेको छ ।
कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका ९सभामुखसहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा