सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, १० असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।
आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन प्रस्तुत गरेका हुन् ।
यस अन्तर्गत आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त) अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्व ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा