सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, २८ जेठ । गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिडेका ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरेको छ ।
मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ ।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चिमका नागरिक असन्तुष्ट बनेका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा