सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रि सरोजकुमार यादवले मनोमानी गरेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।
मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको माओवादीले आरोप लगाएको छ ।
केन्द्रमा माओवादीलाई दुईवटा मन्त्रालय दिने सहमति भए पिन अहिले एउटै मन्त्रालय दिने भएपछि सरकार छोडेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।
एक साताअघि काठमाडौँमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमत भएका थिए ।
मुख्यमन्त्री यादवले मंगलबार मात्रै कांग्रेसबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा