सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौडा, ७ जेठ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त ६ जना मन्त्रीहरूले आज सपथग्रहण गरेका हुन्। उनीहरूलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीलाई सपथ खुवाएका हुन्।
आज आइतवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे ।
महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् भने चित्रकारले विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।
त्यस्तै एकीकृत समाजवादीका श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालय पाएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा