सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । जापानमा हिजो राती भएको बस दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो।
मृत्यु हुनेमा २२ बर्षका नवराज तामाङ र २७ बर्षका युवराज थापा रहेका छन् । तामाङको घर काभ्रे जिल्ला र थापाको स्थाई घर ओखलढुंगा भएपनि हाल काठमाडौंमा बसोबास गर्दै आएको बुझिएको छ ।
मृत्यु भएका अर्का व्यक्ति बसका महिला चालक हुन् । उनि जापानी नागरिक रहेको पाइएको छ।
काममा जाने क्रममा रहेका नेपाली विद्यार्थीहरु सवार बसको इन्जिनमा खराबी आएपछि चेकजाँचका लागि रोकिएको अवस्थामा बसलाई ट्रकले ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । बसमा ४० जना नेपाली विद्यार्थी र बंगलादेशी समेत सवार थिए ।
बसलाई ठक्कर दिने ट्रकका चालक भने गम्भिर घाइते रहेको र अवस्था गम्भिर रहेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेको छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा