सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीका एक मात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने सूचीबाट हटाइएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्री नबनाउने मनसायमा पुगेको बुझिएको छ ।
गुरुङलाई हटाएर उनको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्ने बताइएको छ ।
आज आलेसहित कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले शपथ लिने कांग्रेसका एक नेताले जानकारी दिए ।
मुख्यमन्त्री बनेको दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा