सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, १५ बैशाख । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन्। उहाँलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् ।
४० सदस्यीय प्रदेश सभामा विश्वासकाे मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नाै र राप्रपाका एक जनासहित १० जना सांसदले उहाँकाे विपक्षमा मतदान गरे ।
मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा