सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ बैशाख । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रिमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
नेकपा माओवादीले १० आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ मुख्यमन्त्रिको लागी बाटो खुलेको थियो ।
६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ र एकीकृत समाजवादीका एकजना सदस्य छन् ।
विपक्षमा रहेको एमालेका २२ र राप्रपाका दुई सांसद छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा