सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उहाँले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो । जम्कट्टेलले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसक्नुभएको छ । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो ।
संघीय सरकारलाई विश्वासको मत नदिएको एमालेले प्रदेशमा भने सरकार छाडेको छैन । प्रदेश सरकारको ४ मन्त्रालयको नेतृत्व गरिरहेको एमालेले मुख्यमन्त्रीले विश्वासको मत माग्दा के गर्ला भन्ने प्रस्ट भइसकेको छैन । एमालेले पार्टी केन्द्रसँगको छलफल र समन्वयमा बुधबार नै बस्ने संसदीय दलको बैठकमा सो विषयको निर्णय हुने बताएको छ ।
नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमा पनि दाबी गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा